गण्डकीको मुख्यमन्त्री बने सुरेन्द्र | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

गण्डकीको मुख्यमन्त्री बने सुरेन्द्र

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ ।

बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँलाई गण्डकीप प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । पाण्डेलाई प्रदेश प्रमुख गुरुङले प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आज दाबी पेश गरिएको थियो । कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका भनिएका राजीव गुरुङको हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गरिएको छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा माओवादीका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशम जुग्जालीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्तालिएपछि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । खगराजले वैशाख ९ गते विश्वासको मत गुमाउनु भएको थियो । मुख्यमन्त्री पाण्डेले शुक्रबार सपथ लिने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);