अयोग्य लडाकुलाई पैसा होईन रोजगारी दिउँ–नेता कोइराला | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

अयोग्य लडाकुलाई पैसा होईन रोजगारी दिउँ–नेता कोइराला

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारको पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य नहुने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत डा.कोइरालाले माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गर्नुपर्ने बताएका हुन् ।

द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु नहुने उनको तर्क छ । पूर्व अयोग्य लडाकुहरुलाई पैसा नभइ रोजगारी दिनुपर्ने उनको माग छ । नेता कोइरालाले बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसकेको टिप्पणी गर्दै सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पैसा बाँढ्ने नहुने तर्क गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं।
उनीहरुलाई पैसा होईन रोजगारी दिउँ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);