काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठाएका छन् । बालेनले कुन कानुन र नैतिकताका आधारमा अवैध संरचनाको संरक्षण गरेको भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका हुन् ।
बालेनले २०७६ साउन २० मा सर्वोच्च अदालतले बागमती, विष्णुमती, मनोहरा र यीनका सहायक नदीहरूको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरू भत्काएर नदीको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश भएको स्मरण गराएका छन् ।
आज फेरि उच्च अदालतले बागमती सभ्यताको विरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नगरेको बालेनले उल्लेख गरेका छन् ।
उनले कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको भए तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपिल गरेर प्रक्रिया सुरु गर्न पनि सुझाव दिएका छन् ।
यस्तो छ उनलेको स्ट्याटसः