सरकारले नागरिकता विधेयक छिट्टै संसदमा पेश गर्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८१, बिहीबार

सरकारले नागरिकता विधेयक छिट्टै संसदमा पेश गर्ने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले नागरिकता विधेयक छिट्टै संसदमा पेश गर्ने बताउनु भएको छ ।

राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक संविधान र कानुन अनुसार अघि बढाउन नमिल्ने भएकाले सरकारले नयाँ शिराबाट त्यो विधेयक छिट्टै संसदमा ल्याउने तयारी गरेको उहाँको भनाई थियो । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सांसदहरुले भनेजस्तो राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुगेको सो विधेयकलाई कानुन, संविधान र नियमावली अनुसार प्रमाणीकरण गरेर जान उपयुक्त र उचित नहुने निष्कर्षमा सरकार पुगेको पनि बताउनु भयो ।

उहाँले नागरिकता विधेयकमा सरकारले राष्ट्रिय सहमतीमा जोड दिन चाहेको पनि स्पष्ट पार्नु भयो । यदि राष्ट्रिय सहमती भएन भने पनि संसदबाट पारित गराएर संविधान अनुसार नागरिकता पाउनेहरुलाई नागरिकता दिन सरकार प्रतिवद्ध रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनु भयो । उहाँले सरकारले अव संसदमा ल्याउने नागरिकता विधेयक संसदबाट छिट्टै पारित हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले संविधान अन्तरगत कानुन बनाएर नागरिकता प्रदान गर्ने कुरामा सरकार तयार रहेको पनि पटकपटक दोहो¥याउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);