लोकतन्त्रको स्थापित मान्यतामा प्रतिबद्ध रहने रविको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

लोकतन्त्रको स्थापित मान्यतामा प्रतिबद्ध रहने रविको प्रतिबद्धता

काठमाडौं, १३ वैशाख । चितवन–२ का नवनिर्वाचित सांसद रवि लामिछानेले मतदातालाई एकमुष्ठ धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै रविले थपिएको मत थपिएको जिम्मेवारी भएको उल्लेख गरेका छन् ।

अब बधाई कार्यक्रम नराख्न आग्रह गर्दै सिधै काममा लाग्ने र सत्कर्मले गुन तिर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् । रविले आफू निर्वाचित भएको क्षेत्र बाहेक देशैभर गर्नुपर्ने काम धेरै रहेको छ भन्दै चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन २ का मतदाताले दिएको पनि स्मरण गराएका छन् ।

लोकतन्त्रको स्थापित मान्यतामा सधै प्रतिबद्ध रहने भन्दै दलगत आस्था र चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै नरहने पनि स्पष्ट पारेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);