श्याम गुप्ता
बारा । बारा– २ मा जसपाका उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाबीचको मतान्तरलाई घटेको छ । उनले जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई २ हजार ६ सय २९ मतले पछि पारेका हुन् । यादवले २२ हजार ५ सय ५२ मत ल्याएका छन् ।
दोस्रो स्थानमा रहेका कुशवाहाले १९ हजार ९ सय २३ मत ल्याएका छन् । साथै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६ हजार ५ सय १ मत ल्याएका छन् ।
यस क्षेत्रमा अब १३ हजार ५९४ मत गणना गर्न बाँकी छ ।