श्याम गुप्ता
बारा । बारा– २ मा जसपाका उपेन्द्र यादवले मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् । उनले जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई ४ हजार ७ सय ८२ मतले पछि पारेका हुन् । यादवले १५ हजार ९ सय ८० मत ल्याएका छन् ।
दोस्रो स्थानमा रहेका कुशवाहाले ११ हजार १ सय ९८ मत ल्याएका छन् । साथै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार १ सय ४१ मत ल्याएका छन् ।
चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १ सय २९ मत ल्याएका छन् ।