काठमाडौं, १२ वैशाख । भारी मतान्तरसहित चितवन २ मा रवि लामिछाने निर्वाचित भएका छन् । ७८ हजार २ सय ७७ मतगणना हुँदा रविले ५४ हजार २७६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत ल्याएका छन् भने र नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाएका छन् । रवि र जितनारायणको मतान्तर ४३ हजार २५ रहेको छ ।
यसअघिको निर्वाचनमा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । यसअघिको निर्वाचनमा रविले ४९ हजार ३ सय मत पाएका थिए ।