काठमाडौं, १२ वैशाख । बारा क्षेत्र न. २ मा आइतबार सम्पन्न भएको निर्वाचनको जारी मतगणना स्थगन भएको छ । नेकपा एमाले र जनमतका जनप्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिडेपछि गणना स्थगित भएको हो ।
प्रतिनिधिहरुले चाबी लिएर हिडेपछि निर्वाचन आयोगले तुरुन्त चाबी ल्याउन आग्रह गरेको भएपनि उनीहरु तुरुन्तै नआएपछि गणना रोकिएको हो । पछिल्लो मतगणनाको परिणाम अनुसार उपेन्द्र यादवले १० हजार ३२७ मत प्राप्त गर्दा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ६ हजार ८१२ मत ल्याएर दोस्रो स्थानमा छन् । यादव र कुशवाहबीचको मतान्तर ३ हजार ५१५ रहेको छ ।
त्यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३४ हजार १ सय ४ मत प्राप्त गर्दा रास्वपाका रमेश खरेलले १ हजार ८७० मत पाएका छन् ।
गत मंसिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको सांसद पदका लागि गत आइतबार चुनाव भएको हो ।