एमाले र मधेसी मोर्चालाई मान्य हुने गरी संविधान संशोधन विधेयक तयारः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

एमाले र मधेसी मोर्चालाई मान्य हुने गरी संविधान संशोधन विधेयक तयारः प्रधानमन्त्री

२६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई स्वीकार्य हुने गरी संविधान संशोधन विधेयक तयार पारिएको बताउनु भएकोछ ।

एमाले र मधेसी मोर्चालाई मान्य हुने गरी संविधान संशोधन विधेयक तयारः प्रधानमन्त्री

२६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई स्वीकार्य हुने गरी संविधान संशोधन विधेयक तयार पारिएको बताउनु भएकोछ ।

शनिवार रिपोटर्स क्लव नेपालले राजधानीमा गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहाललेसबैलाइ स्वीकार्य हुने गरी संविधान संसोधन बिधेयक तयार पारेको बताउनु भएको हो ।

उहाँले संबिधानलाई सर्वस्वीकार्य बनाउन अर्काे संसोधन तयार पारेको उल्लेख गर्नु भयो । प्रधानमन्त्री दाहालले आन्दोलनरत् मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संगको पटक–पटकको छलफल र वार्तामा आधारित रहेर संसोधन बिधेयक तयार पारेको बताउनु भयो । एमाले नेता माधवकुमार नेपालले सरकारको अभिव्यक्ति सुन्दा निर्वाचन प्रति सरकार धरमराईरहेको बताउनुभयो ।

उहाँले सरकार निर्वाचन गराउने सोच र संकल्पको साथ अगाडि बढ्न नसकेको आरोप लगाउनुभयो । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सवैको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले निर्वाचन आयोग बैशाखमा निर्वाचन गराउन कडा मेहनतका साथ तयारीमा जुटेको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी क्रान्तीकारीका अध्यक्ष मोहन बैद्यले निर्वाचन गराउन हतारिएको भन्दै मधेशी दललाई समेट्ने कोसिस नगरिएकाले मुलुकमा गम्भीर संकट आउने बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);