काठमाडौं । आइतबार सम्पन्न भएको उपनिर्वाचनको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले १८ हजार ४ सय ६१ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा १० हजार ८ सय १४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ६ हजार ६८ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् ।
तनहुँमा मैदानमा ९ जना उम्मेदवार छन् । हालसम्म ३६ हजार ४ सय ४३ मत गणना भइसकेको छ ।