चितवन । चितवन–२ मा उपनिर्वाचनको मतगणन सुरु भएको छ । सर्वदलिय बैठक अनुसार दिउँसो १ बजेबाट सुरु हुने भनिएपनि ढिलो गरि मतगणना सुरु भएको हो ।
रास्वपाका उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन आचारसहिता उल्लंघनको उजुरीमा छानबिन हुनुपर्ने कांग्रेसको मागका कारण चितवनको मतगणना ढिला भएको थियो ।
यस क्षेत्रमा रास्वपाबाट रवि लामिछाने, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ चुनानी मैदानमा छन् । यहाँ रवि लामिछानेले बाजी मार्ने प्रक्षपण गरिएको छ ।




