२६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले दूई चरणमा निर्वाचन गर्नुपर्ने अवस्था नरहेको भन्दै बैशाख ३१ गते एकै चरणमा निर्वाचन गर्नुपर्ने बताउनुभयो ।
उहाँले थाइल्याण्डको राजधानी बैंककमा रहेको समितिभेज अस्पतालमा स्वास्थ्य परीक्षण गराउनु हुने उहाँको नीजी सचिवालयले जनाएको छ । मृगौला प्रत्यारोपण गराउनु भएका ओलीले यसअघि थाइल्याण्डको बैंककमा रहेको सोही अस्पतालमा नै स्वास्थ्य परीक्षण गराउनु भएको थियो । उहाँ एक सातापछि स्वदेश फर्कनुहुने बताईएको छ ।