तनहुँ अपडेटः स्वर्णिमले १० हजार मत कटाए, गोविन्द र सर्वेन्द्रको कति ? | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

तनहुँ अपडेटः स्वर्णिमले १० हजार मत कटाए, गोविन्द र सर्वेन्द्रको कति ?

काठमाडौं । आइतबार सम्पन्न भएको उपनिर्वाचनको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले १० हजार २ सय ५९ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा ५ हजार ३ सय मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार ७ सय ९७ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् ।

तनहुँमा आइतबार राति बाटनै मतगणना सुरु भएको हो । मैदानमा ९ जना उम्मेदवार छन् । हालसम्म तनहुँ नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको १२ वटा वडाको गणना सकिएको छ । हालसम्म १८ हजार ६ सय ६१ मत गणना भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);