काठमाडौं, १० वैशाख । तीन निर्वाचन क्षेत्रमा जारी मतदानमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीनैजना उम्मेदवारको गृहजिल्ला फरक हो । उनीहरुको मतदाता परिचयपत्र फरक ठाउँमा रहेकाले मतदान गर्न पाउनेछैनन् ।
रवि भक्तपुरका हुन् र पछि काठमाडौं बसाईं राखेका छन् । रमेश खरेल काभ्रेका हुन् र काठमाडौंमा मतदाता परिचयपत्र छ । स्वर्णिम वाग्ले गोरखाका हुन् । तीनैजना जहाँबाट उम्मेदवार छन् त्यहाँ मतदाता परिचयपत्र छैन । यसकारण मतदान गर्न पाउँदैनन् ।
निर्वाचन नियमावली अनुसार मतदाता परिचयपत्र जुन क्षेत्रको हो त्यहाँ मात्र मतदान गर्न पाइन्छ ।