एजेन्सी । बेलायतमा बिनाश मच्चाएको ‘एलेनर’ नामको आँधी उत्तरी यूरोप पुगेको छ । आँधीका कारण अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । आँधीको तीव्र गति र भीषण वर्षाले जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।
हजारौँ घर विजुलीविहीन बनेका छन् भने यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । मध्य स्वीजरल्याण्डस्थित लेनक नजिकै एउटा ट्रेन पल्टिएको छ ।
दुर्घटनामा परी केही मानिस घाइते भएका छन् । स्वीजरल्याण्डकै एक व्यस्त सडकमा एउटा ट्रक पनि पल्टिएको छ । आँधी पछि दक्षिण–पश्चिमी जर्मनीमा स्टटगर्टको सडकमा एउटा घरको छत नै झरेको दृश्य देखिएको छ ।