१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

बासुदेव बडु
दार्चुला । १६ बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका शैल्यशिखर नगरपालिका–४ काणापारीका ४९ वर्षीय बिसन सिंह ठगुन्नालाई प्रहरी ले पक्राउ गरेको हो ।

आरोपित ठगुन्नाले सुस्तमनस्थिति भएकी बालिकालाई २०७९ चैत २९ गते जबरजस्ती करणी गरी फरार भएको जिल्ला प्रहरी कार्यालय दार्चुलामा पिडितका परिवारले उजुरी दिएका थिए।

ठगुन्नालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले महाकाली नगरपालिका ४ बांगाबगडबाट पक्राउ गरेको थियो। बालिकाको स्वास्थ्य परीक्षण यसअघि नै भइसकेको छ।

आरोपित ठगुन्नाको पनि स्वास्थ्य परीक्षण गरि जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);