चितवन पुगेर प्रचण्डले भने– खहरे खोला होइन विशाल नदीको पक्षमा जनमत व्यक्त गरौं | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २३ २०८१, शुक्रबार

चितवन पुगेर प्रचण्डले भने– खहरे खोला होइन विशाल नदीको पक्षमा जनमत व्यक्त गरौं

चितवन । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चितवनको शक्तिखोरको औद्योगिक ग्राम निर्माणको काम छिट्टै सम्पन्न गरिने बताउनुभएको छ ।

चितवनको निर्वाचन क्षेत्र नं.–२ को चुनावी सभामा सत्ता गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई विजयी गराउन अपील गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “अघिल्लोपटक म प्रधानमन्त्री हुँदा नै यो योजना अगाडि बढाएको थिएँ। संयोगले यसपटक पनि म नै प्रधानमन्त्री छुु। यो कार्यकालमा औद्योगिक ग्राम निर्माणको काम सम्पन्न गर्छौं। यसका साथै चितवनको विकासका लागि रणनीतिक महत्त्वका योजनाहरू अगाडि बढाउँछौं।’’

सभामा प्रधानमन्त्रीले खहरे खोला होइन विशाल नदीको पक्षमा जनमत व्यक्त गर्न चितवनबासीलाई अपील गर्नुभयो।

संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन बनेकोमा प्रधानमन्त्रीले जोड दिँदै भन्नुभयो, “हामीले गठबन्धन गरेर लोकतन्त्र र संविधानविरोधी शक्तिलाई हरायौं। संसद विघटन गर्ने प्रवृत्तिलाई सडकबाट पराजित ग¥यौं। त्यसकै आधारमा अहिलेको गठबन्धन बनेको हो। सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएर गठबन्धन सरकार अगाडि बढिरहेको छ। यो गठबन्धन अझै सुदृढ बन्दै जान्छ। एकतावद्ध भएर मुलुकका चुनौती छिचोल्दै विकास र समृद्धिलाई तीव्रता दिन्छौं।“

सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन–२ को विकासका निम्ति जीतनारायण श्रेष्ठ सबैभन्दा योग्य उम्मेदवार भएको भन्दै अत्यधिक मतले विजयी गराउन चितवनबासीलाई अपील गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतले सम्बोधन गर्नुभएको थियोे।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);