प्रधानमन्त्रीविरुद्ध निर्वाचन आयोगमा उजुरी | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

प्रधानमन्त्रीविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध उजुरी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले निर्वाचनको समयमा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएको हो ।

प्रधानमन्त्री दाहालले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मंगलबार तनहुँ पुगेर निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले कारवाहीको दायरमा ल्याउनु पर्ने माग राख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरिएको रास्वपाले जनाएको छ ।

गठबन्धनका उम्मेद्‍वार गोविन्द भट्टराईको प्रचारप्रसार र समर्थनका लागि प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मंगलबार तनहुँ पुगेका थिए। तनहुँ पुगेका प्रधानमन्त्रीले कांग्रेसका उम्मेद्वार भट्टराईलाई जिताए मन्त्री बनाउने घोषणा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);