काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबै दल मिलेर आफुलाई खेदीरहेको आरोप लगाएका छन् ।
चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै रविले यस्तो आरोप लगाएका हुन् । उनले आफु हजार हन्डर खाएरपनि उठ्न सक्ने क्षमता राखेको दाबी गरेका छन् ।
आफुमाथि उठेका प्रश्नको जवाफ दिदाँदिदा थाकेको उनले बताए । लामिछानेले तर्साउने र पैसा छर्नेहरुबाट सचेत हुन मतदातालाई आग्रह गरेका छन् । भाग्य र विपक्षी दुबैले दुःख दिएको भन्दै लामिछानेले हरेक चिजको सामना गर्न तयार रहेको बताए । साथै, उनले परिवर्तनको लहर हेर्न चाहनेलाई चितवन आउँन अपिल गरेका छन् ।
रास्वपाको विषेश चुनावी सभा भोली चितवनमा हुँदैछ ।