नेपालका लागि ललितले दिलाए चौथो विकेट | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

नेपालका लागि ललितले दिलाए चौथो विकेट

काठमाडौं, ५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल–मलेसियाबीचको खेलमा नेपालले चौथो विकेट लिएको छ । ललित राजवंशीले नेपालका लागि चौथो विकेट लिएका हुन् । ३९.९ ओभरमा ललितले विजय उन्नीलाई कुशल मल्लको हातबाट क्याचआउट गराउन सफल भएका थिए । आज मुलपानी मैदानमा पहिलो पटक खेल हुँदैछ । पहिलो विकेट गुल्सन झा र दोस्रो विकेट सन्दीप लामिछानेले लिएका थिए ।

मुलपानी मैदानमा पहिलो अन्तराष्ट्रिय खेल हुँदैछ । वैशाख १८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछन् । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते कीर्तिपुरमा हुनेछ । यस प्रतियोगितामा १० राष्ट्र सम्मिलित छन् ।

१० टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । समूह एमा आयोजक नेपालसहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान छन् । समूह बीमा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल जित्ने टिम एशिया कपका लागि छनोट हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);