प्रधानमन्त्री दाहाल कहिले जाँदैछन् भारत ! | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

प्रधानमन्त्री दाहाल कहिले जाँदैछन् भारत !

काठमाडौं, ५ वैशाख । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले विदेश भ्रमण गरेका छैनन् । उनले गर्ने पहिलो विदेश भ्रमणबारे आम चासो रहेको छ । दाहालले वैशाखको दोस्रो साता पहिलो विदेश भ्रमण भारतबाट गर्ने भएका छन् । आगामी वैशाख १५ गतेपछि तीन दिन भारत भ्रमण गर्ने गरी दाहाल दिल्ली उड्ने स्रोतले जनाएको छ ।

भारत भ्रमणबारे प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री एनपी साउदबीच छलफल भइसकेको छ । साउदले परराष्ट्र मन्त्रीको शपथ लिएसँगै प्रधानमन्त्री दाहालको भारत भ्रमण चाँडै तय हुने प्रतिक्रिया दिएका थिए । साउद भारत निकटस्थ भएको जानकारहरु बताउँछन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल गत पुस १० गते तेस्रो कार्यकालको लागि नेकपा एमालेसहितको केही दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री नियुक्त भएको करिब ५ महिना बितिसक्दा समेत दाहालले विदेश भ्रमण गरेका छैनन् । उनले आफ्नो पहिलो भ्रमण भारतमै हुने सञ्चारकर्मीहरुसँग बताएका थिए । यसैबीचमा चीनमा भएको बाआओ सम्मेलनमा जाने भनिएको भएपनि दाहाल गएनन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);