नेप्सेमा दोहोरो अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २३.६४ अंकले घटेर १ हजार ९ सय ८ दशमलब ०४ को विन्दुमा कायम भएको छ ।

आज नेप्से घटेसँगै कारोबार रकम पनि उत्साजनक देखिएन । आज नेप्सेमा ९२ करोड ७८ हजार बराबरको कारोबार भएको हो । आज २३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको ७ करोड बढीको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ३३ लाख, एनआइसी एशिया बैंकको ३ करोड ११ लाख, माछापुच्छ्रे बैंकको २ करोड ६७ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको २ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);