अनिल झाको प्रेसमै जाग्रामले दिलायो देशभरका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

अनिल झाको प्रेसमै जाग्रामले दिलायो देशभरका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक

काठमाडौं, ४ वैशाख । सधै नकारात्मक चर्चा भइरहँदा सकारात्मक चर्चा चलेको छ- विद्यालयका बालबालिकाले शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पाएको । सायदै नेपालको इतिहासमा कहिले नघटेको घटना जस्तै छ अहिले । दुर्गम जिल्लाहरुमा पनि पाठ्यपुस्तक पुगेका छन् यसपाली ।

विगतका वर्षहरुमा शैक्षिक वर्ष आधा आधी हुँदा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएनन् । दुर्गम जिल्लाको पीडा त छँदै थियो । काठमाडौं उपत्यकामा पनि पाठ्यपुस्तकबाट वञ्चित भए विद्यार्थी । यसपटक भने सबैको हातहातमा पुस्तक पुगिसकेको छ । यसमा जनक शिक्षा सामाग्री केन्द्रका महाप्रबन्धकको अहोरात्र खटाई र कुशल नेतृत्वले भूमिका खेलेको छ ।

इञ्जिनियर झासँग जनक शिक्षामा काम गरेको पुरानो अनुभव छ । उनले विगतमा काम गर्दा पनि जनक शिक्षालाई नाफामा लगेर किर्तिमान बनाएका थिए । नयाँ र अत्याधुनिक मेशिन जडान गरेका थिए । यसपटक झाले पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा पुर्याउन रातदिन खटिए ।

महाप्रबन्धक झा आफै खटिए प्रेसमा । उनी कतिपय राति त जाग्राम नै बसे प्रेसमा । काम गरे असम्भव रहेनछ भन्ने देखाएका छन् उनले ।

झाले उदयपुर सिमेन्ट कारखानामा पनि महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन् । उनले उक्त कारखानालाई निकै सुधारेर कुशलता देखाइसकेका छन् ।

समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउने गरी कार्य गरेवापत् उनी यतिबेला चर्चामा छन् । झाको कामबाट प्रधानमन्त्री प्रचण्ड पनि खुशी भएको बुझिएको छ । कुनैपनि काम देखाउन नसकेका प्रचण्डका लागि अहिले विद्यार्थीको हातहातमा पुस्तक पुगेको देखाउने र सुनाउने विषय बन्न पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);