भारतमा कोरोनाबाट एकैदिन २७ जनाको मृत्यु, सक्रिय संक्रमित ६० हजार | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

भारतमा कोरोनाबाट एकैदिन २७ जनाको मृत्यु, सक्रिय संक्रमित ६० हजार

एजेन्सी,४ वैशाख । भारतमा कोरोना संक्रमितको सक्रिय संक्रमितको संख्या पुनः वृद्धि भएको छ । तर, हिजोको तुलनामा कोरोनाका नयाँ संक्रमितमा कमी आएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १११ नयाँ कोरोना संक्रमित थपिएका छन् । तर, हिजोको तुलनामा यो संख्या कम रहेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सक्रिय केसहरूमा वृद्धि जारी छ। कोरोनाबाट निको हुनेको संख्यामा कमी आएको हो । सक्रिय केसहरूको संख्या बढेर टण्,घज्ञघ पुगेको छ। एक दिन अघि यो संख्या ५६ हजार ५४७ थियो ।

कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार १४१ पुगेको छ । कोरोनाबाट गुजरातमा ६, उत्तर प्रदेशमा ४, दिल्ली र राजस्थानमा तीन–तीन, महाराष्ट्रमा दुई र बिहार, छत्तीसगढ, हिमाचल प्रदेश, झारखण्ड र तमिलनाडुमा एक–एक जनाको मृत्यु भएको छ । केरलामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ ।

कोरोनाको दैनिक सकारात्मकता दर पनि बढेर ८.४० प्रतिशत पुगेको छ भने साप्ताहिक सकारात्मकता दर ४.९४ प्रतिशत रहेको अनुमान गरिएको छ । सक्रिय केसहरू अहिले कुल संक्रमणको ०.१३ प्रतिशत छन् र राष्ट्रिय कोभिड–१९ निको हुने दर ९८.६८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको वेबसाइटका अनुसार राष्ट्रव्यापी खोप अभियान अन्तर्गत हालसम्म देशमा २२०.६६ करोड डोज कोभिड भ्याक्सिन दिइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);