रवि लामिछाने चौतर्फी तारोमा, चुनावमा के होला ? | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

रवि लामिछाने चौतर्फी तारोमा, चुनावमा के होला ?

काठमाडौं, ३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने यतिबेला चौतर्फी तारोमा छन् । उनले आफूलाई चौतर्फी घेराबन्दी गरेको समेत बताइसकेका छन् । वास्तवमा उनीमाथि चौतर्फी प्रहार छ ।

मंसिर ४ को चुनावमा मूलधारका भनिएका राजनीतिक दलहरुले कल्पना नगरेको परिणाम ल्याएका थिए रविले । उनी उपप्रधानमन्त्री सहित गृहमन्त्री पनि भए । पदमा पुगेपछि उनको नागरिकता र पासपोर्टको विषय आयो । सर्वोच्च अदालतले फैसला गरेर उनलाई संसद पदबाट मुक्त नै गर्यो ।

चितवन २ बाट भारी मतान्तरले चुनाव जितेका रवि पदमुक्त भएको सिटमा चुनाव हुँदैछ । अहिले उक्त सिटमा रविले फेरि जिते फेरि पनि उपचुनाव हुने हल्ला फिजाइएको छ ।

रविको विषयमा पासपोर्टको विवाद बाँकी छ । अदालतमा विचाराधीन मुद्याप्रति संकेत गर्दै नेकपा एमालेका नेता योेगेश भट्टराईले चितवनमा यसअघिको जस्तै परिणाम आए फेरि उपचुनाव हुने दाबी गरे ।

नेपाली काँग्रेसका नेता विश्व पौडेलले रविलाई स्टन्टवाजी मात्र गर्ने आरोप लगाएका छन् । उनले पनि रविलाई हराउन आव्हान गरिरहेका छन् ।

रवि चौतर्फी प्रहारको विषय भएका छन् । चितवन २ मा काँग्रेस र एमाले रविमाथि नै खनिएका छन् । यसले पनि त्यहाँको चुनाव रोचक बन्ने देखिएको छ ।
चुनावमा जतिसुकै प्रहार भएपनि रवि आत्तिएका छैनन् । जित्नेमा ढुक्क छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);