सामाजिक सञ्जालमा झुट्टा खबर रोक्न कानून | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

सामाजिक सञ्जालमा झुट्टा खबर रोक्न कानून

एजेन्सी, २० पुष । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले उनको सरकारले चुनावी अभियानका क्रममा आउनसक्ने गलत समाचार रोक्न कानून ल्याउने बताएका छन्।

पत्रकारहरुलाई सम्बोधन गर्दै उनले प्रयोजित रुपमा जथाभाबी गरिने प्रचारप्रसारबाट उदार लोकतन्त्रहरुको रक्षा गर्न त्यस्तो कदम अनिवार्य रहेको बताए।नयाँ कानूनले न्यायाधीशहरुलाई झुट्टा समाचार दिने वेबसाइटहरु बन्द गराउने र विदेशी सरकारको नियन्त्रण वा प्रभावमा रहेका टेलिभिजन सेवाहरुले अस्थिरता फैलाउन गरेको प्रयास रोक्ने अधिकार दिने उनले जानकारी दिए।

माक्रोंले अघिल्लो वर्षको राष्ट्रपतीय चुनावका क्रममा रुसी सञ्चार माध्यमहरुले आफ्नो बारेमा गलत विवरणहरु फैलाएको आरोप पनि  लगाएका छन्। उनले केहि हजार यूरो खर्च गरेर समाजिक सञ्जालमा व्यक्ति वा राजनीतिक समूहहरुलाई बदनाम गर्ने गरी प्रचार प्रसार गराउन संभव भएको भन्दै चिन्ता प्रकट गरे।

प्रस्तावित कानून अनुसार चुनावको समयमा फेसबुक जस्ता सामाजिक सञ्जालले समाचार जस्ता देखिने सामाग्रीको श्रोतको परिचय खुलाउन कडा नियमहरुको सामना गर्नुपर्ने उनले बताए।त्यसबाहेक समाचार सामाग्री प्रायोजन गर्न कतिसम्म खर्च गर्न सकिन्छ भन्नेबारे सीमा तोकिने उनको भनाइ छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);