नयाँ वर्ष आर्थिक समृद्धिको लागि उपलब्धिमुलक हुनेछ : अध्यक्ष नेपाल | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

नयाँ वर्ष आर्थिक समृद्धिको लागि उपलब्धिमुलक हुनेछ : अध्यक्ष नेपाल

काठमाडौं, १ बैशाख । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले नयाँ वर्ष आर्थिक समृद्धिको लागि उपलब्धिमुलक हुने बताएका छन् ।

नयाँ वर्ष २०८० सालको आरम्भमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना दिँदै नेपालले दीगो शान्ति, अग्रगमन, राष्ट्रिय एकता र सामाजिक सद्भावसहित रोजगारी र आर्थिक समृद्धिको लागि उपलब्धिमुलक हुने विश्वास व्यक्त गरेका हुन् ।

मुलुकको अर्थतन्त्रका सामु अनेकौ चुनौतिहरू विद्यमान रहेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री नेपालले अव राष्ट्रिय पुँजीको विकास गर्दै उद्यमशीलता प्रवर्द्धन र स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण तर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने बिषयहरु प्राथमिकतामा राखेर सोही अनुसार नीति तथा कार्यक्रमहरू अवलम्बन गर्नुपर्ने नेपालको भनाइ छ ।

आर्थिकरूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता सबैको भए पनि केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);