नेताहरुले राजसंस्था कायमै राख्ने सम्झौता र सहमति तोडेको पूर्वराजाको टिप्पणी (सन्देशको पूर्ण पाठसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८१, आइतबार

नेताहरुले राजसंस्था कायमै राख्ने सम्झौता र सहमति तोडेको पूर्वराजाको टिप्पणी (सन्देशको पूर्ण पाठसहित)

काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र तिनका जिम्मेवार नेताहरुले अभद्रतापूर्वक सहमति तोडेको टिप्पणी गरेका छन् । उनले राजसंस्थाबारे नेताहरुले भद्रता तोडेको संकेत गर्दै त्यस्तो कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय नहुने भनेका छन् ।

नयाँ वर्ष २०८० को पूर्व सन्ध्यामा सन्देश दिदै पूर्वराजा शाहले अहिलेको बेथिती, अविश्वास, द्वन्द्व र जटिलताको जडको कारण नै सम्झौता र सहमति तोड्नुनै भएको उल्लेख गरेका छन् । पूर्वराजाले सन्देशमा भनेका छन्, मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयं अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन ।

बेला बेलामा पूर्वराजाले २०६३ सालमा भएको सम्झौता बमोजिम राजसंस्था कायमै राख्ने विषय रहेको सन्देश दिन खोजेका छन् । तर, त्यतिबेला सम्झौता गर्ने दलहरुले राजसंस्थाको अन्तमा भूमिका खेलेका थिए । जसका कारण २५० वर्ष लामो शाहवंशीय राजसंस्था अन्त भई गणतन्त्र स्थापना भयो ।

देशले धेरै दुःख पाएको भन्दै उनले सरकारी ढुकुटी र सञ्चालित वित्तिय संस्थाहरुको आर्थिक कारोबार आम विपन्नवर्गको उत्थानमा परिचालित नभएको सन्देशमा भनेका छन् । सिमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन गएको टिप्पणी गरेका छन् ।

युवापीढीमा विद्रोहभाव देखिन थालेकोमा पूर्वराजाले चिन्ता व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);