नागरिकले आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था आएको छः गगन थापा | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

नागरिकले आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था आएको छः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको बताउनु भयो । उहाँले मानिसहरुको मनमा सिर्जना भएको चञ्चलताको समाधान बेलैमा हुन नसके देशले झनै समस्या भोग्ने बताउनु भयो ।

महामन्त्री थापाले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार, राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने बताउनु भयो । उहाँले कोही पनि मानिसलाई आफ्नो सपनाको मलामी जान मन नलाग्ने भन्दै सपनाको मलामी जानुपर्दा मान्छे दिग्दार, आक्रोशित र वाक्क हुने बताउनु भयो । नागरिकहरुमा अहिले अस्थिरता आउनु भनेको आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना हुनु रहेको जिकिर गर्नुभयो । महामन्त्री थापाले नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसकेको बताउनु भयो ।

महामन्त्री थापाले वैशाख मसान्तसम्म पार्टी भ्रातृ संगठनहरुको विभाग बनाउने र पूर्णता दिने काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);