बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैनः महामन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैनः महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकाहरुलाई पहिलोको पछाडि दौडाउनु नहुने बताउनुभएको छ ।

बुधवार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बालबालिकाहरुलाई पहिलोको पछाडि दाडाएर चिन्ता थुपार्नु नहुने बताउनुभएको हो ।

उहाँले बालबालिकाहरुलाई सानै कक्षामा पहिलो हुनुपर्छ भनेर दबाब दिइ चिन्ता पैदा गर्दा बालबालिकाहरुको मनस्थितिमा नकारात्मक प्रभाव पार्ने बताउनु भयो । उहाँले बालबालिकाहरुलाई जीवन रमाइलो छ र जीवनमा अझै धेरैकुरा सिक्न बाँकी छ भन्नेकुराका सिकाउन जरुरी रहेको बताउनु भयो ।

महामन्त्री थापाले विद्यार्थीहरुले आफ्नो सकेको अध्ययन गर्नमा ध्यान दिनुपर्ने पनि बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);