ढाकाकुमारबारे निर्णय लिन रवि काठमाडौं आउँदै | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

ढाकाकुमारबारे निर्णय लिन रवि काठमाडौं आउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक २ बजे बस्दै छ । बिहान ९ बजे बस्ने भनिएको बैठक पार्टीका नेताहरु चुनावी अभियानमा खटिएको भन्दै २ बजेका लागि सारिएको हो । बैठकका लागि पार्टी सभापति रवि लामिछाने काठमाडौं आउँदै छन् ।

सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले छानबिन गरेर प्रतिवेदन बुझाइसकेको छ । सो प्रतिवेदनको आधारमा के कारबाही गर्ने भन्ने निर्णय लिन आज पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको हो ।

सभापति रवि लामिछानेले दिएको ७२ घन्टे समयसिमा भित्रै समितिले प्रतिवेदन बुझाएको हो । पार्टीको अनुशासन समितिले बसुन्धारास्थित पार्टी कार्यालयमा श्रेष्ठसँग बयान लिएको थियो । बयानमा श्रेष्ठले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर गरेका छन् ।

आफुलाई नियतवश फसाउन खोजिएको भन्दै उनले अडियो पूरै एडिटेड भएको वयान दिएका थिए । तर, समितिले बाहिरिएको अडियोमा उनकै आवाज रहेको अनुमान लगाएको छ । सोहि अनुरुप उनीमाथि कारबाहि गरिने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);