ढाकाकुमारलाई ‘कस्तो कारबाही’ गर्दैछ रास्वपा ! | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८१, शनिबार

ढाकाकुमारलाई ‘कस्तो कारबाही’ गर्दैछ रास्वपा !

काठमाडौं, २९ चैत्र । सांसद ढाकाराम श्रेष्ठको अडियो प्रकरणबारे कस्तो कारबाही गर्ने बारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बैठक बस्दैछ ।

श्रेष्ठको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले छानबिन गरेर प्रतिवेदन बुझाइसकेको छ । सो प्रतिवेदनको आधारमा के कारबाही गर्ने भन्ने निर्णय लिन आज पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको हो । बैठक बिहान ९ बजे बोलाइएको छ ।

सभापति रवि लामिछानेले दिएको ७२ घन्टे समयसिमा भित्रै समितिले प्रतिवेदन बुझाएको हो ।

पार्टीको अनुशासन समितिले बसुन्धारास्थित पार्टी कार्यालयमा श्रेष्ठसँग बयान लिएको थियो। समितिका एक सदस्यका अनुसार बयानमा श्रेष्ठले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर गरेका छन् ।

आफुलाई नियतवश फसाउन खोजिएको भन्दै उनले अडियो पूरै एडिटेड भएको वयान दिएका थिए । तर, समितिले बाहिरिएको अडियोमा उनकै आवाज रहेको अनुमान लगाएको छ । सोहि अनुरुप उनीमाथि कारबाहि गरिने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);