काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले छानबिन गरेर प्रतिवेदन बुझाएको छ । सभापति रवि लामिछानेले दिएको ७२ घन्टे समयसिमा भित्रै समितिले प्रतिवेदन बुझाएको हो ।
पार्टीको अनुशासन समितिले बसुन्धारास्थित पार्टी कार्यालयमा श्रेष्ठसँग बयान लिएको थियो। समितिका एक सदस्यका अनुसार बयानमा श्रेष्ठले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर गरेका छन् ।
आफुलाई नियतवश फसाउन खोजिएको भन्दै उनले अडियो पूरै एडिटेड भएको वयान दिएका थिए । तर, समितिले बाहिरिएको अडियोमा उनकै आवाज रहेको अनुमान लगाएको छ । सोहि अनुरुप उनीमाथि कारबाहि गरिने जनाइएको छ । उनलाई के कारबाहि गर्ने भन्ने विषय बिहान ९ बजे बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले गर्ने जनाइएको छ ।