माग्ने बुढाको जन्मदिनमा कसले के भने | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

माग्ने बुढाको जन्मदिनमा कसले के भने

काठमाडौं । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) को जन्म दिनको अवसरमा अयोजित कार्यक्रममा कलाकार शिवहरि पौडेलले कलाकार घिमिरेले जुन कुरामा हात हालेपनि सफलता मात्रै हात लाग्ने भन्दै प्रशंसा गर्नुभएको छ ।

कलाकार पौडेलले घिमिरेले जुन फिल्ममा खेलेपनि सफलता मात्रै हात लाग्ने र घिमिरेको फिल्म हेर्न जाने मान्छेको कमी नहुने बताउनु भयो । उहाँले कलाकार घिमिरे कलाकारिताको उच्च तहमा पुगिसकेको र त्यहाँबाट तल झर्ने स्थिति नहोस् भन्दै जन्मदिनको शुभकामना दिनुभयो ।

उहाँले कलाकार घिमिरेले चलचित्र र कलाकारितामा दिएको योगदानले हास्य कलाकारको कद झनै बढ्दै गएको पनि बताउनुभयो ।

कार्यक्रममा कलाकार किरण केसीले आफूसँग काम गर्दाको अनुभवलाई सम्झिँदै उहाँको प्रशंसा गर्नुभयो । उहाँले कलाकार घिमिरेले कलाकारिता शुरुवात गर्दा आफूलाई धेरै सहयोग गरेको बताउनु भयो । कलाकार घिमिरे सालिन, भद्र र सकारात्मकता भएको व्यक्तिको रुपमा उहाँलाई चित्रित गर्नुभयो । उहाँले हास्य कलाकारहरुको प्रतिष्पर्धा रहेपनि एउटालाई दुःख पर्दा अर्कोले सहयोग गर्ने भावना हास्य कलाकारहरुमा मात्रै रहेको बताउनु भयो ।

कार्यक्रममा कलाकार घिमिरेलाई जन्मदिनको शुभकाना दिँदै कलाकार दीपकराज गिरीले घिमिरेको संघर्षबाट नै आज यो स्थान हासिल गर्न सफल भएको बताउनु भयो । उहाँले आफूले घिमिरेसँग चलचित्रमा सहयात्रा गरेको १० वर्ष भएको बताउनु भयो । उहाँले आफूलाई मानसिक रुपमा, भौतिक रुपमा, चलचित्र लेखन लगायतका क्षेत्रमा साथ दिँदा आफूलाई झनै राम्रो भएको र यात्रा अझै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कलाकार दीपाश्री निरौलाले कलाकार घिमिरे जस्तोसुकै परिस्थितिमा पनि सल्लाह र सुझाव दिने गरेको बताउनु भयो । उहाँले घिमिरे र आफ्नो चलचित्रको सहयात्रा १० वर्ष पुगिसकेको र कलाकार घिमिरे एउटै पात्रमा आधारित रहेर आफ्नो परिचय दिनसक्ने व्यक्ति भएको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा कलाकार केदार घिमिरेले चलचित्रको सहयात्रा र आफ्नो पात्रले अहिलेसम्म दर्शकलाई मनोरञ्जन दिन सकेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा झनै मनोरञ्जनात्मक चलचित्रहरु पस्किने प्रतिवद्धता जनाउनु भयो ।

कलाकार घिमिरेको जन्म दिनको अवसरमा आयोजित कार्यक्रममा पुगेका अन्य कलाकारहरुले पनि कलाकार घिमिरेलाई जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);