काठमाडौं, २८ चैत्र । पोखराको पृथ्वीनारायण क्याम्पसमा आगामी बैशाख ३ गते स्ववियु निर्वाचन हुने भएको छ । सबैभन्दा धेरै विद्यार्थी रहेको सो क्याम्पसमा बैशाख ३ गते चुनाव गर्न अदालतले आदेश दिएको हो ।
आदेशसँगै क्याम्पस निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ ।
तालिकाअनुसार चैत्र २८ गते मतदाता सूचीमा दाबी बिरोध, २९ गते उम्मेदवारी दर्ता र बैशाख ३ गते मतदानको मिति निर्धारण गरिएको छ ।
चैत्र ३० गते रातिदेखि मौन अवधि सुरु हुने छ । मतदानमा सहभागी हुन विद्यार्थीहरुले परिचयपत्र अनिवार्य रुपमा देखाउन पर्नेछ ।