बालिका बलात्कार मुद्दामा चटौतलाई १८ वर्ष जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

बालिका बलात्कार मुद्दामा चटौतलाई १८ वर्ष जेल सजाय

काठमाडौं, २७ चैत्र । बालिका बलात्कार गरेको अभियोग लागेका व्यवसायी सुशील चटौतलाई १८ वर्ष कैद सजाय तोकिएको छ । आफ्नै घरमा काम गर्न रोखेको बालिकालाई बलात्कार गरेको आरोपमा चटौतलाई जिल्ला अदालत ललितपुरले १८ वर्ष १ महिना कैद सजाय तोकेको हो ।

१४ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा चटौतलाई न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले सजाय निर्धारण गरेको हो । चटौतलाई ८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश भएको छ ।

प्रहरीमा उजुरी परेपछि अनुसन्धान र अभियोजन कमजोर बनाउन तत्कालिन महान्यायाधिवक्ता खम्मबहादुर खातीबाटै मुद्दा कमजोर बनाउन दबाव आएको तत्कालिन जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकरले सार्वजनिक गरेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);