भन्सार नाकाबाट राजश्व कम हुँदै गएपछि अर्थमन्त्रीले मागे कारण | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

भन्सार नाकाबाट राजश्व कम हुँदै गएपछि अर्थमन्त्रीले मागे कारण

काठमाडौं,२७ चैत्र । अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार विभाग प्रमुखहरुसँग भन्सार नाकाबाट क्रमशः राजश्व कम हुँदै जानुको कारण माग गर्नुभएको छ । सोमवार काठमाडौंमा भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा. महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात निर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन माग गर्नुभएको हो ।

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजश्वमा गिरावट आएको भन्दै राजश्व गिरावट आउनुको कारण दिन विभागलाई निर्देशन दिनुभयो । उहाँले कुन भन्सार नाकामा कस्ता प्रकृतिका वस्तु आयात निर्यात भइरहेका छन् सोको बारेमा वास्तविक तथ्याङ्क पनि माग गर्नुभयो । अर्थमन्त्री महतले भन्सार नाकाहरुमा वस्तु आयात कम भइ वा चोरी पैठारीका कारण राजश्व संकलन कम भएको हो, सो को वास्तविक तथ्याङ्क विभाग प्रमुखले अर्थ मन्त्रालयलाई बुझाउन आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका भन्सारमा राजश्व चुहावट भएको भन्ने व्यापक खबर आइरहेको कुरालाई भन्सार विभागको नेतृत्वले गम्भिरताकासाथ लिन आग्रह गर्नुभयो । उहाँले भन्सार प्रमुखहरुलाई कतव्र्यनिष्ट भएर नतिजामुलक काम देखाउन निर्देशन दिनुभयो । उहाँले भन्सारमा आयात निर्यात गर्ने उद्योगी व्यवसायीहरुलाई अनावश्यक दुःख नदिन भन्सार कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उहाँले अर्थ मन्त्रालयले पारदर्शी रुपमा काम गरेर नतिजा देखाउन चाहेको र मन्त्रालयको नतिजा देखाउने प्रमुख स्थान भन्सार विभाग भएको बताउनु भयो । उहाँले अर्थतन्त्रमा नजितामुखी काम देखाउनको लागि सक्षम नेतृत्वको आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विभिन्न नाकामा के कारणले भन्सार घटेको छ । त्यो भन्सार नाकामा आयातको प्रगति के छ । त्यसको मूल्याङ्कन मलाई चाहिन्छ । कुन प्रकृतिका वस्तुहरु आउने गरेका थिए । जुन भन्सार नाकामा ठूलो मात्रामा भन्सार घटेको छ । कुन वस्तुको आयात कम भएर गयो की अर्को नाकाबाट भएर गयो । त्यसको ब्रिक डाउण्ड मलाई चाहियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पनि राजश्व धेरै कम भएको छ । त्यहाँ पनि राजश्व चुहावट भएको भन्ने व्यापक खबर छ । सबै भन्सार नाकाको अवस्था त्यस्तै भएकाले यहाँहरुले गम्भिरताका साथ लिनुहोला । मेरो लागि अन्य कुनै मूल्याङ्कनको आधारहरु छैनन् । कतव्र्यनिष्ठ भएर काम गर्ने नतिजा देखाउनुस् । त्यो भन्दैमा आयात निर्यात गर्ने उद्योगी व्यवसायीहरुलाई अनाश्यक दुःख दिने भनेको होइन । जे हुनुपर्ने थियो त्यसको कार्यान्वयन भइरहेको छैन । जो जसले जेको नेतृत्व गरिरहनुभएको छ कतव्र्यनिष्ट र क्रियाशिल भएर मेरो नेतृत्वमा अर्थमन्त्रालय पारदर्शी रुपमा काम गर्न चाहन्छौं । नतिजा देखाउन चाहन्छौं । त्यसमा भन्सार विभाग प्रमुख हो । त्यसको लागि सक्षम नेतृत्वको आवश्यक छ । जसले नेतृत्व लिनुभएको छ यसले त्यो जिम्मेवारी पूरा गर्नुपर्छ ।’

उहाँले भन्सार नाकाबाट नै सामान बोकेका धेरै ट्रकहरु नेपाल भित्रिएको खबर बाहिर आएको भन्दै त्यसतर्फ भन्सार प्रमुखहरुको ध्यान जान आवश्वयक रहेको बताउनु भयो । उहाँले भन्सार नाकाबाट नै विभिन्न सामानहरु चेकजाँच नगरी भित्रिएको खबरका विषयमा भन्सार सचिवको नेतृत्वले सत्यतथ्य जानकारी गराउन निर्देशन दिनुभयो । उहाँले भन्सारमा हुने चुहावट रोक्नको लागि राजश्व सचिव,भन्सार विभाग प्रमुखको सक्षम नेतृत्व चाहिएको बताउनु भयो । उहाँले राजश्व सचिव र भन्सार विभागका विज्ञहरुले बजेट बनाउँदा उपयुक्त सुझाव दिन आग्रह गर्नुभयो ।

उहाँले सरकारको भन्सार नीति कस्तो बनाउँदा राज्यलाई कति फाइदा हुन्छ भन्ने विषयको विज्ञ भन्सार कर्मचारी भएको बताउनु भयो । उहाँले सरकारले भन्सार नीति बनाउँदा भन्सार शुल्क निर्धारण गर्दा कसैलाई फाइदा कसैलाई बेफाइदा हुने गरी बनाउन नहुने बताउनु भयो । उहाँले सरकारले भन्सार नीति समग्र जनताको हीतमा हुनेगरी बनाउने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);