प्रियंकाले छोरी मालतीसँग यसरी मनाइन इस्टर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रियंकाले छोरी मालतीसँग यसरी मनाइन इस्टर

एजेन्सी, २७ चैत्र । बलिउड अभिनेत्री प्रियंका चोपडा छोरी र पति निकसँग अमेरिका फर्किएकी छिन् । अमेरिकी समय अनुसार आइतबार इस्टरको अवसरमा प्रियंकाले आफ्नो इन्स्टा ह्यान्डलमा धेरै तस्विर शेयर गरेकी छिन्, जसमा उनकी छोरी मालतीको झलक पनि उनीसँग देखिएको छ । शेयर गरिएको तस्विरमा प्रियंका आफ्नी छोरीसँग जुम्ल्याहा भएको देखिएकी छिन् ।

प्रियंकाले ५ तस्बिर सेयर गरेकी छिन् । पहिलो तस्बिरमा प्रियंका र मालती सँगै देखिएका छन् । दोस्रो तस्बिरमा आमा–छोरी समान पोशाकमा जुम्ल्याहा देखिन्छन्। तेस्रो र चौथो तस्बिरमा मालती रमाइलो खेलिरहेको देखिन्छ । अन्तिम तस्बिरमा मालती घरको बगैंचामा देख्न सकिन्छ, जसमा उनका दुई पाल्तु कुकुर पनि देखिएका छन् ।

क्याप्सनमा प्रियंकाले लेखेकी छिन्‘इस्टर सन्डे।’ सामाजिक सञ्जालमा आमा–छोरीको यी तस्विरमा फ्यानहरुले मायाको वर्षा गरिरहेका छन् । एक फ्यानले क्याप्शनमा लेखे– ’हामी बेबी मालतीको पूरा अनुहार हेर्न चाहन्छौं।’ अर्का फ्यानले लेखे– ’मेरी मालतीलाई इस्टरको शुभकामना।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);