नुवाकोट, १९ पुष । जिल्ला प्रहरी कार्यालय नुवाकोटले ११ सय लिटर मदिरा जफत गरी नष्ट गरेको छ ।
नुवाकोट प्रहरीले सामाजिक अपराध नियन्त्रण अन्तर्गत अवैध घरेलु मदिरा जफत गरी नष्ट गरेको हो । नुवाकोटका देवीघाट, छहरे, सिमुटार र कोलनीबाट सो अवैध मदिरा जफत गरिएको प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए् । अवैध ओसारपसार र बिक्री–वितरण बन्द गर्न मदिरा जफत गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच, नुवाकोट प्रहरीले आज पनि ककनीबाट साढे चार सय लिटर मदिरा जफत गरेको छ । मदिरा उत्पादक र वितरणमाथि कडा निगरानी राखिएको प्रहरीको भनाइ छ ।