संसदीय समिति सभापतिमा पुग्ला त राप्रपाको दाबी ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

संसदीय समिति सभापतिमा पुग्ला त राप्रपाको दाबी !

काठमाडौं, २७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा संसदीय समितिको सभापतिमा दाबी गरेको छ । संघीय संसद सचिवालयले संसदीय समिति गठनको प्रक्रिया अगाडी बढाएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा समितिको सभापतिमा दाबी गरेको हो ।

आइतबार राप्रपका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो पार्टीले दुईवटा सभापतिमा दाबी गरेको बताउनु भयो । उहाँले दुई सभापति आफुहरुले अनिवार्य पाउनैपर्ने बताउनु भयो । राप्रपा प्रतिनिधि सभाको पाँचौ ठूलो दल र दोस्रो ठुलो प्रतिपक्षी दल भएको भन्दै उहाँले दुई सभापति पाउनु आफूहरुको अधिकार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दुईवटा समितिमा हाम्रो दाबी रहन्छ । हामीले दुईवटा पाउनैपर्छ । दशवटा समितिमध्ये हामीले दुईवटा पाउनुपर्छ । त्यो हाम्रो अधिकार पनि हो । किनकी प्रतिनिधि सभामा हामी सिट संख्याको हिसावमा पाँचौ ठूलो दल हौँ । राष्ट्रिय दल पनि हो । राष्ट्रिय दल र पाँचौ ठुलो दल भएका हिसावले दुईवटा समितिमा हाम्रो दाबी हुन्छ । अर्को, लोकतन्त्रको मान्यता के हो भने, सरकार सत्तापक्षको हो । सदन प्रतिपक्षको हुन्छ । सदनमा जहिल्यैपनि प्रतिपक्षको आवाज सुनिनुपर्छ । बल्ल प्रजातन्त्र दिगो रुपमा टिकाउ हुन्छ । विषयगत समितिमा विषयगत ज्ञान हुनुपर्छ । राप्रपाले विषयगत रुपमा नै व्यक्तिको छनोट गर्छ । जस्तै हामीले भोली लेखा समिति पायौँ भने लेखा सम्बन्धी ज्ञान भएको मान्छे त्यहाँ जान्छ । राज्य व्यवस्था समिति भयो भने प्रशासनसँग सम्बन्धित ज्ञान भएको मान्छेलाई हामीले त्यहाँ नियुक्ति गर्छौं । विषयगत ज्ञान भएका मान्छे हामी चयन गर्छौं ।’

उहाँले समितिमा सदस्यहरुलाई विषयगत ज्ञानको आधारमा पठाउनुपर्ने बताउनु भयो । राप्रपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरुलाई विषयगत ज्ञान र दक्षताको आधारमा सम्बन्धित समितिमा पठाउने पनि उहाँले उल्लेख गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);