काठमाडौं, २६ चैत्र । आन्दोलनरत मिटरब्याज पीडितहरुले वार्ता टोली गठन गरेका छन् । गत चैत्र २० गतेदेखि आन्दोलनरत पीडितहरुले गृहमन्त्रालयको टोलीसँग वार्ता गर्न १९ सदस्यीय वार्ता टोली गठन गरेका हुन् ।
आफ्नो जिल्लाबाट काठमाडौं आएर आन्दोलन गरेका पीडितहरुसँग गत चैत्र १८ गते पाँचबुंदे सहमति गरेको थियो ।
सरकारले गरेको उक्त सहमतिलाई अपुरो भन्दै पीडितहरुले पाँचवटा बुँदा थप गर्न माग गरिरहेका छन् ।




