पाटन क्याम्पसमा स्वतन्त्र उम्मेदवार शुसिल विष्ट निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

पाटन क्याम्पसमा स्वतन्त्र उम्मेदवार शुसिल विष्ट निर्वाचित

काठमाडौं, २६ चैत्र । पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार शुशिल विष्ट विजयी भएका छन् । अनेरास्ववियुका सुरेश जिसीलाई १६९ मतान्तरले पराजित गर्दै नेविसंघका बागी उम्मेदवार विष्टले ८४१ मत ल्याएर निर्वाचित भएका हुन् ।

जिसीले ६७२ मत प्राप्त गरेका थिए । नेविसंघको आन्तरिक द्धन्द्धका कारण गत चैत्र ५ गते स्ववियु निर्वाचन हुन सकेको थिएन । विष्ट नेविसंघका इकाइ उपाध्यक्षसमेत हुन् । उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

केन्द्रले सुरुमा विष्टलाई नै टिकट दिएको थियो । तर पछि अर्को समुहका युवराज थिङलाई पनि टिकट दिएपछि किचलो बढ्दै आएको थियो । नेविसंघभित्र सहमति जुट्न नसकेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);