उद्योग मन्त्रालयले चालु बजेट खर्च गर्न सकेनः मन्त्री रिजाल | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

उद्योग मन्त्रालयले चालु बजेट खर्च गर्न सकेनः मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालु आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्युन रहेको बताउनुभएको छ ।

शुक्रवार निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री रिजालले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनमा चालु आर्थिक वर्षमा खर्च गर्ने मन्त्रालयहरुमा सबैभन्दा कमजोर बनेको बताउनु भयो । उहाँले मन्त्रालयको बजेट खर्च गर्न नसक्दा यत्तिकै थन्किएको बताउनु भयो ।

उहाँले निर्यात व्यवसाय प्रवद्र्धनका लागि सरकार सहयोग गर्न तयार रहेको पनि बताउनु भयो । उहाँले निर्यात व्यवसायीहरुले देशको व्यापार घाटालाई कम गर्न महत्वपूर्ण भुमिका खेलेको पनि बताउनु भयो । उहाँले नेपालका दुवै छिमेकी देशहरु ठूला रहेकाले दुवैसँग् समान व्यवहार गरेर सम्हालिएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले निकट भविष्यमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत र चीन भ्रमणमा जाने तालिका रहेकाले दुई देशसँगको भेटपछि निर्यात प्रवद्र्धन झनै सहज हुने प्रतिवद्धता जनाउनु भयो ।

मन्त्री रिजालले व्यवसायीहरुको भुमिका आर्थिक स्तर बढाउन महत्वपूर्ण रहेको भन्दै देशको समृद्धिका लागि व्यवसायीहरुलाई हरेक सुविधा दिन सरकार तयार रहेको बताउनु भयो । उहाँले सरकार निर्यात प्रवद्र्धनका लागि सहयोग गर्न तयार रहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);