महान्यायाधिवक्ता पोखरेलका सय दिन | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८१, बिहीबार

महान्यायाधिवक्ता पोखरेलका सय दिन

काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी सम्बन्धी मुद्दा नचलाउने निर्णयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह गर्नुभएको छ ।

शुक्रवार महान्यायाधिवक्ता बनेको सय दिनको काम कारबाहीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो आग्रह गर्नुभएको हो । राहदानी प्रकरण महान्यायाधिवक्ताको कार्यलयले प्रमाणहरुको मूल्यांकन गरी प्रक्रियागत रुपमा नै टुंग्याएको उहाँले दाबी गर्नुभयो । राहदानीको विषयमा अदालतले प्रक्रियागत त्रुटी छ भनेर कतै नलेखेको उल्लेख गर्दै उहाँले प्रक्रियागत रुपमा नै अनुसन्धान सकिएकाले मुद्दा नचलाउने निर्णय लिएको स्पष्ट गर्नुभयो । यो मुद्दा नचलाउने निर्णय कसैको दबाबमा नभइ विवेकपूर्ण रुपमा गरिएको दाबी गर्दै निर्णयको स्वामित्व महान्यायाधिवक्ता कार्यालयले लिने भएकोले राजनीतिक विषयसँग जोड्न आवश्यक नरहेको जिकिर गर्नुभयो ।

महान्यायाधिवक्ता पोखरेलले बलात्कारका घटनामा पीडितहरुले बयान फेर्ने कुरालाई मध्यनजर गरी सुरक्षाको लागि आवश्यक काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले फौजदारी न्याय प्रणालीमा साक्षीको सुरक्षा र पीडितको सुरक्षाबिना न्याय सम्पादन हुन कठिनाइ हुनेपनि बताउनु भयो ।

महान्यायाधिवक्ता पोखरेलले अनुसन्धान र अभियोजनलाई कसरी प्रभावकारी बनाउने भन्नेकुरा महान्यायाधिवक्ताको कार्यालयको प्रमुख काम भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);