न्युनतम साझा कार्यक्रममा हस्ताक्षर गरेका थिएनौं : चित्रबहादुर केसी | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

न्युनतम साझा कार्यक्रममा हस्ताक्षर गरेका थिएनौं : चित्रबहादुर केसी

काठमाडौं, २४ चैत्र । सरकारले बिहीबार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा राष्ट्रिय जनमोर्चाले हस्ताक्षर नगरेको दाबी गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज एक विज्ञप्ती जारी गर्दै दश दलका तर्फबाट सार्वजनिक गरेको कार्यक्रममा विमती भएपनि प्रधानमन्त्री कार्यालयले हस्ताक्षर राखेको प्रति आपत्ति जनाएका हुन् ।

हिजो सार्वजनिक भएको कार्यक्रममा संघीयता,संक्रमणकालीन न्याय र नागरिकतालगायतका विषयमा जनमोर्चाको गम्भिर मतभेद रहेको पनि उल्लेख गरेका छन् । जारी विज्ञप्तीमा भनिएको छ,‘न्युनतम साझा कार्यक्रममा पनि हामीले हस्ताक्षर गरेका थिएनौं ।’

निति तथा कार्यक्रममा सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन पारित गर्ने प्रतिबद्धता जनाएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउँदा आर्थिक विषयलाई प्राथामिकतामा राखेको छ । गठबन्धनले बिहीबार सार्वजनिक गरेको संयुक्त सरकारको प्राथाकिता र न्यूनतम साझा कार्यक्रमको दोस्रो बुँदामा अर्थतन्त्रबारे उल्लेख छ ।

बिहीबार सत्ता गठबन्धनका तर्फबाट सरकारकी प्रवक्ता रेखा शर्माले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);