पूर्वमन्त्री विक्रम पाण्डेलाई सफाई दिने न्यायाधीशमाथि नेमकिपा सांसद सुवालद्वारा कारबाहीको माग | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

पूर्वमन्त्री विक्रम पाण्डेलाई सफाई दिने न्यायाधीशमाथि नेमकिपा सांसद सुवालद्वारा कारबाहीको माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले न्यायाधीशहरुलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै सुवालले सिक्टा सिचाइँ आयोजनामा भ्रष्टाचार भएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाइ दिने न्यायाधीशहरुलाई कारबाही गर्नुपर्ने बताउनु भयो ।

‘सिक्टा सिचाइ आयोजनाको नहर परीक्षणमै भत्किनुमा निर्माण अघि माटो परीक्षणमा त्रुटी भएको, फिजिबिलिटी अध्ययन नभएको, विज्ञ परामर्श विचार नलिइएको । निर्माणस्थलको विस्तृत अध्ययन नभएको यथार्थलाई वेवास्ता गरि ८ अर्ब भन्दा बढी भ्रष्टाचार भएको अख्तियारको माग, दाबी बिरुद्ध फैसला दिने, दोषीलाई सफाइ दिने विशेष अदालतका न्यायाधीशहरुलाई कारबाही गर्नुपर्छ कि पर्दैन ? भनेर जनताले आवाज उठाइरहेका छन्,’ उहाँले भन्नुभयो ।

सिक्टा आयोजनामा पूर्वमन्त्री विक्रम पाण्डेसहितका उच्च अधिकारीको मुछिएका थिए ।

त्यस्तै उहाँले भरतपुरको बिपी कोईराला क्यान्सर अस्पतालमा उपचारका लागि आवश्यक मेशिन खरिदका लागि छुट्याइएको रकमबाट कर्मचारीलाई तलव खुवाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);