उम्मेदवारलाई चुनाव चिन्ह्र वितरण गर्दै आयोग, आजै अन्तिम नामावली प्रकाशन | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

उम्मेदवारलाई चुनाव चिन्ह्र वितरण गर्दै आयोग, आजै अन्तिम नामावली प्रकाशन

काठमाडौं, २३ चैत्र । आगामी बैशाख १० गते तीन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि आज उम्मेदवारहरुले चुनाव चिन्ह पाउनेछन् । निर्वाचन आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह पनि वितरण गर्दैछ । आज दिउँसो १ बजेसम्म उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

२०८० बैशाख १० गते बिहान ७ बजेदेखि साझँ ५ बजेसम्म मतदान हुने आयोगको कार्यतालिका छ । आजदेखि उपनिर्वाचनको प्रचारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । आगामी बैशाख १० गते विभिन्न कारणले रिक्त रहेका तनहु–१, बारा–२ र चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);