राष्ट्रिय बिमा कम्पनीका अध्यक्ष दिनेश उपाध्यायसहित कर्मचारी, पूर्वसीईओ ज्ञानेन्द्र ओझाको बैंकक भ्रमणको रहस्य के हो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८२, आइतबार

राष्ट्रिय बिमा कम्पनीका अध्यक्ष दिनेश उपाध्यायसहित कर्मचारी, पूर्वसीईओ ज्ञानेन्द्र ओझाको बैंकक भ्रमणको रहस्य के हो (भिडियोसहित)

काठमाडौं, २२ चैत्र । सरकारी संस्थाहरुलाई नेताहरुले आफ्ना मान्छे भर्ती गर्ने अखडा बनाउँछन् भन्ने उदाहरण बनेको छ राष्ट्रिय बिमा कम्पनी लिमिटेड । यसको नकारात्मक असरहरु पनि छिट्टै देखिइसकेको छ । कम्पनीका अध्यक्ष दिनेश उपाध्यायलाई योजनावद्ध तरिकाले २०७९ सालको असोजमा अध्यक्षमा नियुक्त गरियो । उनको नियुक्ति चुनावको मुखमा भएको यो । निर्वाचन आचारसंहिताको बेलामा नियुक्ति पाएका दिनेशको उक्त पदमा योग्यता नपुगेको खुलेको छ । उनको योग्यतामाथि प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी दर्ता भइसकेको छ ।

आइतवार दर्ता भएको उजूरीमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडको अध्यक्ष पदमा रहेका दिनेश उपाध्यायको नियुक्ति गैरकानूनी र त्रूटीपूर्ण रहेको भनिएको छ । नियुक्तिका बेलामा वायोडाटा पेश गरेका उनले आवश्यक प्रमाणपत्र तथा कागजातहरु पेश नगरेको अख्तियारको उजूरीमा उल्लेख छ ।

 

राष्ट्रिय बिमा कम्पनीको अध्यक्ष बन्न योग्यताबारे असोज २३ २०७९ मा राजपत्रमा उल्लेख छ । जस अनुसार बुँदा नम्बर ४९ को क मा बिमक, बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाका सञ्चालक वा पदाधिकारी तहमा वा सरकारी सेवा वा संगठित संस्थाको अधिकृतस्तरमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने भनिएको छ । ४९ को ख मा कुनै विषयमा स्नातकोपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बीमा, बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रको संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा सरकारी सेवा वा संगठित संस्थाको अधिकृत स्तरमा कम्तीमा तीन वर्ष काम गरेको उल्लेख छ । ४९ को ग मा चार्टर्ड एकाउन्टेण्सी गरेको वा बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा वाणिज्य कानून विषयमा स्तानकोत्तर उपाधि हासिल गरेको हुनुपर्छ । योग्यता नपुगेका उपाध्यायले नेपाली काँग्रेसकी सहमहामन्त्री डीना उपाध्यायको पति भएकै कारण राष्ट्रिय बिमा कम्पनीको अध्यक्ष बन्ने अवसर प्राप्त गरे । जर्नादन शर्मा अर्थमन्त्री हुँदा शेरबहादुर देउवाको दबाबमा दिनेश उपाध्याय कम्पनीको अध्यक्ष बन्नुअघि उनी मकवानपुर जिल्ला सहकारी संघका सचिव थिए । उपाध्यायले बायोडाटा बुझाएपनि योग्यताको वृस्तृत विवरण नबुझाएको खुलेको छ । बीमाबारे ज्ञान नभएका र योग्यता नपुगी नियुक्ति पाएका उपाध्यायका कारण राष्ट्रिय बीमा कम्पनीले महत्वपूर्ण कामहरु गुमाइरहेको छ । जसमध्ये नेपाली सेनाको फाष्ट ट्रयाकको बीमा पनि हो । बिमाको अनुभव नभएकालाई पहुँचको बलमा अध्यक्ष बनाउँदाको नोक्शानी राष्ट्रिय बिमा कम्पनीले भोगिरहेको छ ।

राष्ट्रिय बीमा कम्पनीमा अध्यक्ष र उनीनिकट कर्मचारीको मनोमानी बढ्दै गएको छ । पुर्नबीमासम्बन्धी ब्रोकर डब्लुटिडब्लुको कार्यक्रममा सम्बन्धित निकायको स्वीकृती विना नै कर्मचारीहरु गए । यसरी जानेमा कम्पनीका कर्मचारी सृजना पन्त र हीरा बर्तौला हुन् । उनीहरुले कम्पनीबाट विदेश भ्रमणमा जाने स्वीकृति पाएका थिएनन् । तर, घरायसी बिदा लिएर कम्पनीको कामसँग सम्बन्धित महत्वपूर्ण कार्यक्रममा सहभागी हुन बैंकक गए । यसअघि संसदको चुनावताका आचारसंहिता उल्लंघन गर्दै सृजना पन्त र हीरा बर्तौला सिंगापुर गएपछि विभागीय कारबाहीको सिफारिशमा परे । उनीहरुले कारबाही रोक्न अध्यक्ष दिनेश उपाध्यायलाई बैंककमा यही चैत्रमा भएको डब्लुटीडब्लुको कार्यक्रममा सहभागी गराए । यो आफूमाथिको विभागीय कारबाही रोक्ने दाउ थियो । उनीहरु गएको समयमा पनि चुनावी आचारसंहिता लागेको थियो । रोचक त यो छ कि बैंकक भ्रमणमा पूर्वसीईओ ज्ञानेन्द्र ओझा, नेपाल एयरलाइन्सका अनिल शर्मा पनि सहभागी भए । राष्ट्रिय बिमा कम्पनीको कुनै पदमा नरहेका ओझा बिमा ब्रोकर कम्पनी डब्लुटीडब्लुको कार्यक्रममा कसरी पुगे रु यसभित्र ठूलो आर्थिक स्वार्थ लुकेको छ । नेपाल एयरलाइन्ससँग उक्त कम्पनीको बिमा रहेको छ । तर, बिमा सम्झौता टुंगाउने तयारी भएपछि राष्ट्रिय बिमा कम्पनी र नेपाल एयरलाइन्सको संगठित समूह नै बिजनेश क्लासमा बैंकक पुगे । जसमा राष्ट्रिय बीमा कम्पनीबाट बिदा भइसकेका अर्थ मन्त्रालयका कर्मचारी ज्ञानेन्द्र ओझा पुगे । उनलाई डब्लुटीडब्लुको कार्यक्रममा सहभागी हुन अर्थ मन्त्रालयले कसरी स्वीकृति दियो रु के हेरेर बसे अर्थ मन्त्रालयका सचिव तोयम राय, सहसचिव झक्क प्रसाद आचार्य । अर्कोतर्फ, बैंकक भ्रमणमा ठूलै आर्थिक स्वार्थ लुकेको देखिन्छ । यसकारण अध्यक्ष दिनेश उपाध्यायले पूर्व सीइओ ज्ञानेन्द्र ओझालाई निकै विश्वास गरेको देखिन्छ । यसभित्र वर्तमान सीइओ शेखर बराललाई असफल बनाउने योजनाहरु खुल्दै गएका छन् । सिंगापुर भ्रमणमा विभागीय कारबाहीको सिफारिशमा परेकाहरुले बैंकक भ्रमण गराएर दिनेश उपाध्यायलाई प्रभावित पारे । रोचक त यो छ कि दिनेश उपाध्यायको योग्यतामाथि प्रश्न उठ्दै गर्दा उनी अध्यक्ष रहने मानव संशाधनले ७० कर्मचारीको पदपूर्तिको विज्ञापन नै खोलेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);