काठमाडौं, २१ चैत्र । मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न जाँचबुझ आयोग गठन गरेको हो ।
नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) उत्तमराज सुवेदी र महान्यायाधिवक्ता कार्यालयका पूर्व नायव महान्यायाधिवक्ता गणेशबाबु अर्याल आयोगको सदस्य रहेका छन् ।
ठोस तथा मूर्त रूपमा मिटरब्याजीको समस्या समाधानका लागि समितिलाई तीन महिनाको अवधि दिइएको हो। समितिलाई तत्काल कार्यान्वयनमा जाने गरी प्रतिवेदन पेश गर्न सरकारले निर्देशन दिएको छ ।
आयोगको मुख्यालय जनकपुरमा राख्ने निर्णय पनि भएको छ ।
सरकार र मिटर ब्याज पीडितबीच शनिवार ५ बुँदे सहमति भएको थियो ।